समाज


मोटरसाइकलमा ठक्कर दिने कारबाट पेस्तोल र गोली बरामद, २ जना पक्राउ

मोटरसाइकलमा ठक्कर दिने कारबाट पेस्तोल र गोली बरामद, २ जना पक्राउ

शैलेन्द्र महतो
माघ ४, २०७६ शनिबार १४:३९,

जनकपुरबाट पेस्तोल सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका १ रमदैया बस्ने वर्ष ४० का जितेन्द्र यादव र सोही नगरपालिका ५ महेन्द्रनगरका कुमोदनारायण झा रहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए।

जनकपुरधाम उपमहानगरपालिका १ भानु चोकमा शनिबार दुर्घटनामा परेको कारलाई चेकजाँच गर्दा पेस्तोल बरामद भएपछि दुवैजनालाई प्रहरीले पक्राउ गरेको हो।

बा१४च ७४५९ नम्बरको उनीहरु चढ्ने कारले ज९प ४८०६ नम्बरको मोटरसाइकलमा ठक्कर दिएपछि प्रहरीले कारलाई चेकजाँच गर्दा चाईनिज पेस्तोल र ६ राउण्ड गोलीसहित पेस्तोल बरामद भएको हो।

दुवैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad