अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंबाट भएको फैसला उपर चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
प्रतिवादी अनन्तराज सत्याल समेत ६४ जना प्रतिवादी भएको मुद्दा (फैसला २०७९ पुस ८) सरकारी, सार्वजनिक जग्गा गैरकानुनी रुपमा व्यक्ति विशेषको नाममा कायम गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा अख्तियार सर्वोच्च गएको हो।
सो मुद्दामा विशेष अदालतबाट भएको फैसला आयोगलाई चित्त नबुझेको आयोगले जनाएको छ।
177
Shares
प्रतिक्रिया