ad ad

राजनीति


लोकरिझ्याइँको राजनीति देशका लागि घातक : कोइराला

लोकरिझ्याइँको राजनीति देशका लागि घातक : कोइराला

नेपालखबर
साउन ४, २०८० बिहिबार १८:२५, काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा सुशासन कायम हुन नसकेको बताएका छन्।

बिहीवार ललितपुरमा आयोजित लाओस राईद्वारा लिखित ‘राष्ट्रवाद की राष्ट्रप्रेम’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। देशमा दण्डहीनताले सीमा नाघेको कोइरालाले बताए।

उनले राजनीतिक मुद्दा वा जुनसुकै मुद्दाहरुमा अदालतले निर्णय गरिसकेका मुद्दालाई राजनीतिक मुद्दा भनेर छुट दिने हो भने दण्डहीनताले सीमा नाघ्ने बताए। उनले देशमा अहिले राष्ट्रियताको आडमा लोकरिझाँई, लोकप्रियतावादीका रुपमा नेताहरुले आफूलाई स्थापित गरिरहेको बताए।

उनले लोकरिझाईंको राजनीतिले देशलाई बिगारिसकेको बताए। उनले लोकरिझाँईको राजनीति भविष्यमा देशका लागि घातक हुने बताए। नेता कोइरालाले देशमा भ्रष्टाचार अन्त्य गर्नैपर्ने बताए।

उनले भने, ‘अहिले विश्वमै हेर्नुभयो भने राष्ट्रियताको आडमा लोकरिझाँई भन्छन् नि, लोकप्रियतावादी, पपुलिजमका कुरा गरेर हामी आफूलाई स्थापित गर्न खोजिरहेका छाँै। दुनियाँमा नै। ट्रम्पले गरेको हेर्नुभयो नि, उ अमेरिका जस्तो शक्तिशाली देशको राष्ट्रपति थिए। अरु सबै देशको, चारैतिर हेर्दैजानुस्। पपुलिजमले धेरैकुरा दमन गर्दछ। त्यो क्षणिक होला, त्यो धेरै दिन नचल्न सक्छ। तर त्यसले देशलाई बिगारिसकेको हुन्छ, कमजोर बनाइसकेको हुन्छ।’

उनले थपे, ‘अहिले नेपालमा पनि लोकरिझाईंको कुराले गर्दा नेताहरुले त्यो हाम्रो पार्टीमा पनि छ, अन्य पार्टीमा पनि छ, सबै पार्टीमा छ। लोकरिझाईंका कुराले गर्दा हामीजस्ता मानिसहरु अलमलमा परिरहेका छौँ। लोकरिझाईंमा जसरी उसले प्रश्तुत गरेको हुन्छ त्यही कुरा सत्य हो भन्ने जस्तो अडियन्सलाई लागेको हुन्छ। त्यसले भोलिका दिनमा देशको निम्ति घातक हुन्छ।’

नेता कोइरालाले नेपालमा २०६२/०६३ पछि नै दण्डहीनताका घटनाहरु बढ्दै गइरहेको उल्लेख गरे। नक्कली भूटानी शरणार्थी, ललिता, ओम्नी, वाइडबडी लगायतका अनियमितताका प्रकरणहरु निचोडमा नपुर्याएसम्म देशको स्थिति अफ्ठ्यारो रहने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .