ad ad

समाज


तीन दिन पानी कम पर्ने

तीन दिन पानी कम पर्ने

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
साउन ४, २०८० बिहिबार ७:१९, काठमाडौँ

आज (बिहीबार) बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा घाम लागेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलको अनुसार बिहान सुदूरपश्चिम, लुम्बिनी र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भए पनि अहिले रोकिएको छ। 

‘अब दुई/तीन ठूलो वर्षाको सम्भावना छैन’, उनले भने, ‘अहिले धेरै स्थानमा घाम लागेको छ।’

उनका अनुसार मनसुनको न्यून चापीय रेखा (पानी पार्ने प्रणाली) अहिले सरदर स्थानभन्दा दक्षिणतिर रहेकाले नेपालमा वर्षा कम हुने भएको हो। उक्त रेखा सरदर स्थानभन्दा उत्तर सर्दा नेपालमा वर्षा बढी हुन्छ।

‘तर वर्षा नै नहुने भन्ने होइन, साँझपख बादल बढ्ने र क्षणिक खालको वर्षा भने हुन्छ, तर बाढीपहिरो जानेगरी वर्षा हुने सम्भावना छैन’, मौसमविद् पौडेलले भने। 

मौसम महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका  एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .