ad ad

समाज


हेटौंडाको क्याम्पा डाँडामा तेस्रो लिंगी मृत भेटिए, हत्या भएको आशंका

हेटौंडाको क्याम्पा डाँडामा तेस्रो लिंगी मृत भेटिए, हत्या भएको आशंका

नेपालखबर
माघ ४, २०७६ शनिबार ४:१४,

मकवानपुरको हेटौंडामा एकजना तेस्रो लिंगी मृत भेटिएका छन्।

हेटौंडा उपमहानगरपालिका वडा नं. ५ स्थित क्याम्पा डाँडाका अजिता भुजेल मृत फेला परेको मकवानपुर प्रहरीले जनाएको छ।

htd

मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुशीलसिंह राठौरका अनुसार सडक छेउमा मृत भेटिएका उनको घाँटीमा नीलडाम देखिएको छ।

अन्दाजी २५ वर्षको उनको शव उत्तानो अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनको घाँटीमा बिजुलीको तार बेरिएको छ। घटनाको प्रकृति हेर्दा कसैले उनको हत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ।

‘प्रहरी टोली घटनास्थल गएको छ,’ एसपी राठौरले शनिबार बिहान टेलिफोनमा नेपालखबरसँग भने, ‘टोली फर्किएपछि घटनाबारे विस्तृत जानकारी प्राप्त हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .