ad ad

समाज


यस्ता छन् साउनमा मासु नखानुका फाइदा

यस्ता छन् साउनमा मासु नखानुका फाइदा

नेपालखबर
साउन १, २०८० सोमबार १०:५७, काठमाडौँ

आजदेखि साउन महिना सुरु भएकाे छ। हिन्दू धर्मावलम्बीले यो महिनालाई पवित्र मान्ने गर्छन्। भगवान शिवको आराधना गरेर साउन मनाइन्छ।

भगवान शिवलाई समर्पित, यो महिना हिन्दू धर्ममा धेरै महत्त्वपूर्ण र पवित्र मानिन्छ। हरेक साउने सोमबार उपासना बसेर धर्मावलम्बीहरू शिवको आरधाना गर्छन्। यसका साथसाथै मानिसहरूले यस समयमा धेरै नियम आदिको पालना पनि गर्छन्। यस अवधिमा धेरैले मासु परित्याग गर्छन्। कोही प्याज–लसुनबाट दुरी कायम राख्छन् भने कोही दुध–दही खान छोड्छन्।

धार्मिक आस्थाका कारण साउन महिनामा अधिकांश मानिसहरू मांसाहारीबाट टाढा रहने केही कारण छन्। यसमा वैज्ञानिक कारण भएको विश्वास पनि उनीहरू गर्छन्।

यस्ता छन् साउनमा मासु नखानुका फाइदा :

-मनसुनको सुरुसँगै साउन महिना आउँछ। यस्तो अवस्थामा लगातारको वर्षाका कारण घामको अभाव हुन्छ। जसका कारण हाम्रो मेटाबोलिज्म अर्थात पाचन शक्ति कमजोर हुन्छ। यस्तो अवस्थामा हामीलाई मांसाहारी खाना पचाउन निकै गाह्रो हुन्छ र आन्द्रामा मासु सड्न थाल्छ, जसले धेरै गम्भीर समस्या निम्त्याउन सक्छ।

-वर्षायाम धेरै जनावरहरूको लागि प्रजननको महिना हो। यो मौसममा धेरैजसो जनावरले प्रजनन गर्छन्। यस्तो अवस्थामा कुनै पनि गर्भवती जीवको सेवनले हाम्रो शरीरलाई हानी पुर्‍याउँछ। विज्ञानका अनुसार गर्भावस्थाका कारण यी जीवित प्राणीहरूको शरीरमा धेरै हर्मोनल परिवर्तनहरू हुन्छन्। यस्तो अवस्थामा यसको सेवनले हाम्रो स्वास्थ्यमा नराम्रो असर गर्छ ।

-साउन महिनामा लगातारको वर्षाका कारण वातावरणमा विभिन्न किसिमका संक्रमण फैलिन सक्छन्। यस्तो अवस्थामा घाँस, पात आदि खाने जन्तु र जीवजन्तु यस्ता संक्रामक रोगको चपेटामा पर्छन्। जब हामी यी संक्रमित जनावरहरूको मासु खान्छौं, संक्रमित हुने जोखिम बढ्छ। 

-आयुर्वेदका अनुसार साउन अर्थात मनसुनमा हाम्रो रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। यस्तो अवस्थामा मांसाहारी वा मसालेदार खानेकुराले हाम्रो रोगप्रतिरोधी क्षमता मात्र नभई पाचनमा पनि असर गर्छ। यस्तो खाना पचाउन सजिलो हुँदैन। यसै कारण आयुर्वेदले साउन महिनामा सजिलै पच्ने हलुका खाना खाने सल्लाह दिएको छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .