ad ad

समाज


विदेश जान लागेकालाई विमानस्थलबाट फर्काइएपछि अध्यागमन अगाडि प्रदर्शन


नेपालखबर
असार ३१, २०८० आइतबार १३:७, काठमाडौँ

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको विरोधमा अध्यागमन कार्यालय अगाडि प्रदर्शन भएको छ। 

आइतबार कार्यालय अगाडि र नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध गरेको हो।

वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी संस्थागत रुपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डन लगायतका विभिन्न देशहरूमा जान लागेका कामदारलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले केही दिनदेखि बिनाकारण फर्काइरहेको आरोप प्रदर्शनकारीको छ।

बिना कारण विदेश जान रोक्दा  व्यवसायमा समस्या परेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए। बिना कारण अध्यागमन विभागले नागरिकलाई दिएको दुःख र उनीहरुलाई जान नदिँदा भएको क्षतिपूर्ति नदिएसम्म आन्दोलन गर्ने चेतावनी दिए।

अध्यागमनले कामदारलाई विदेश जान नदिने हो चेतावनी पनि उनले दिए।

आन्दोलनकारीले अध्यागमनमा हुने अनियमितता छानबिन गर्, अध्यागमनबाट श्रमिक फर्काउने कार्य बन्द गर्, वैदेशिक रोजगारीमा जाने श्रमीकलाई दुःख दिने काम बन्द गर्, भिजिट भिसामा हुने सेटिङ बन्द गर् जस्ता नारा लगाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .