ad ad

समाज


आज यी ३९ जिल्लामा बाढीको खतरा

आज यी ३९ जिल्लामा बाढीको खतरा

फाइल तस्बिर


नेपालखबर
असार २८, २०८० बिहिबार १०:३६, काठमाडौँ

जारी वर्षासँगै देशका विभिन्न स्थानमा बाढी तथा पहिरोको जोखिम बढेको छ। 

यसै क्रममा बाढी पूर्वानुमान महाशाखाले आज कहाँ कहाँ बाढीको खतरा छ भन्ने विषयमा जानकारी दिएको छ। 

महाशाखाले आज बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार ३९ जिल्ला र यसका आसपास भई बहने खोला÷नदीमा बाढी आउने सम्भावना देखिएको छ र त्यसले प्रभावित क्षेत्रमा क्षति पुर्‍याउन सक्ने भएकाले होसियारी अपनाउन सुझाव दिएको छ। 

बुलेटिनअनुसार आज तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, संखुवासभा, धनकुटा, उदयपुर, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, चितवन, गोरखा, लमजुङ र आसपास भई बहने केही ससाना खोला/नदीमा बहाव बढ्न सक्ने र केहीमा आकस्मिक बाढी आउने सम्भावना छ।

यसैगरी ताप्लेजुङ, काभ्रेपलाञ्चोक, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम) पाल्पा, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, दार्चुला र आसपास भई बहने केही ससाना खोला/नदीमा बहाव बढ्ने अनुमान गरिएको छ। 

उल्लिखित जिल्ला भई बहने नदीले असर पार्ने स्थानका बासिन्दाले सजगता अपनाउन सुझाव दिइएको छ। 

आज बिहानको मापनअनुसार कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ती, कमला, बाग्मती, पूर्वी राप्ती र यसका सहायक नदीको बहाव सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा छ। 

हेर्नुहोस् बुलेटिन-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .