ad ad

समाज


विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी : सबै प्रदेशमा डोजरदेखि गोताखोरसम्म तैनाथ

विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी : सबै प्रदेशमा डोजरदेखि गोताखोरसम्म तैनाथ

नेपालखबर
असार २७, २०८० बुधबार २१:०, काठमाडौँ

सशस्त्र प्रहरी बल नेपालले वर्षाको समयमा हुनसक्ने सम्भावित विपद व्यवस्थापनका लागि तयारी गरेको छ।

मनसुनजन्य क्षति न्यूनीकरण तथा उद्धारका लागि जनशक्ति तथा उपकरण तैनाथ गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सशस्त्र प्रहरीले प्रधानकार्यालयसहित प्रदेशहरु डोजर, लोडरसहितका १३ वटा ठूला उपकरण समेत तयारी अवस्थामा राखेको छ।

हलचोकस्थित प्रधान कार्यालय, कोसी प्रदेशको नं १ बराह बाहिनी सुनसरी, नं ६ महेश्वरी बाहिनी सुर्खेत, नं ७ बैद्यनाथ बाहिनी कैलाली, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं २० विपद् उद्धार उपत्यका गण काठमाडौं र नं २४ कालिका गण कास्कीमा उपकरण र जनशक्ति तैनाथ गरिएको डीएसपी थापाले बताए।

कोशी प्रदेशको सुनसरीदेखि सुदूरपश्चिम प्रदेशको दार्चुलासम्म गरी ३१ जिल्लाको ४४ वटा सशस्त्र प्रहरी बलका युनिटहरुमा १ सय ७ वटा मोटरबोट र र्याफ्टबोट तथा १४ जिल्लाका १७ वटा सशस्त्र प्रहरी बल युनिटहरुमा ३३ वटा डिजास्टर रिलिफ सिस्टम (डिआरएस) कन्टेनरहरु समेत तयारी हालतमा राखिएको छ। त्यस्तै ८ वटा विपद् सामूहिक उद्धार एम्बुलेन्स तथा जनशक्ति सहित नं‍ १ बराह बाहिनी सुनसरी, नं। २ छिन्नमस्ता बाहिनी महोत्तरी, नं‍ ४ मुक्तिनाथ बाहिनी कास्की, नं‍ ५ विन्ध्यावासिनी रुपन्देही, नं‍ ६ महेश्वरी बाहिनी सुर्खेत, नं‍ ७ बैद्यनाथ बाहिनी कैलाली, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नं। २० विपद् उद्धार उपत्यका गण काठमाडौंमा तयारी गरिएको छ।

डिएसपी थापाका अनुसार ए क्लासका ८ वटा एम्बुलेन्स नं‍ १ बराह बाहिनी महोत्तरी, नं‍ २ छिन्नमस्ता बाहिनी महोत्तरी, नं‍ ४ मुक्तिनाथ बाहिनी कास्की, नं‍ ६ महेश्वरी बाहिनी सुर्खेत, नं‍ ७ बैद्यनाथ बाहिनी कैलाली, नेपाल एपीएफ अस्पताल बलम्बु, क्षेत्रीय अस्पताल बाँके र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा राखिएको छ।

विपद् व्यवस्थापन तालिम प्राप्त गोताखोर आवश्यक उपकरण सहित सातै वटा प्रदेशमा रहेका सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरु, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नं‍ २० विपद् उद्धार उपत्यका गण काठमाडौंमा परिचालित छन्।

त्यस्तै सशस्त्र प्रहरी बल नेपालका सातै वटा प्रदेशमा रहेका बाहिनी मुख्यालयहरु, नं‍ ९ पशुपतिनाथ बाहिनी काठमाडौं, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं‍ २ विपद् उद्धार उपत्यका गण काठमाडौं, रेस्क्यु टावर फेवाताल कास्की र रेस्क्यु टावर नारायणी नदि किनार चितवन, विपद् व्यवस्थापन वेशहरु मुलघाट धनकुटा, निजगढ बारा, आदमघाट धादिङ, बेनी म्याग्दी, भालुवाङ्ग दाङ्ग, चिप्ले सुर्खेत र अमरगढी डडेलधुरामा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन टोली आवश्यक उपकरण सहित खटाइएको छ।

मनसुनजन्य क्षति न्यूनिकरण र उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले सात वटै बाहिनी मुख्यालयहरुमा एकरएक प्लाटुन, नं‍ ९ पशुपतिनाथ बाहिनीमा एक प्लाटुन, १० वटा शिक्षालयमा एकरएक प्लाटुन, सम्पूर्ण गणहरुमा एकरएक प्लाटुन तथा गुल्म र अन्य युनिटहरुमा एकरएक सेक्सन आवश्यक सामाग्री सहित तयारी हालतमा राखिएको छ।

साथै बाढिका कारण पानीका श्रोतहरुमा क्षति भएमा तत्काल खानेपानी व्यवस्थापनको लागि उपत्यकामा ७, कास्कीमा २, बर्दघाटमा १, बाँके र कैलालीमा एकरएक गरी १२ स्थानमा डिप ट्यूवेल सहित सशस्त्र प्रहरीको टोली तयार गरिएको छ। अप्ठेरो पर्दा निशुल्क हटलाइन नम्ब १११४ मा फोन गर्न तथा आफू नजिकको युनिटमा खबर गर्न सकिने सशस्त्रले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .