ad ad

समाज


सीता दाहाललाई राजकीय सम्मानका साथ बिदाइ गरिने

सीता दाहाललाई राजकीय सम्मानका साथ बिदाइ गरिने

सीतालाई श्रद्धाञ्जली दिँदै प्रधानमन्त्री प्रचण्ड। तस्बिर : सरोज बैजु


नेपालखबर
असार २७, २०८० बुधबार १३:२१, काठमाडौँ

नेकपा माओवादी केन्द्रकी सल्लाहकार सीता दाहाललाई राष्ट्रिय सम्मान दिएर अन्तिम बिदाइ गरिने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नीसमेत रहेकी उनलाई राजकीय सम्मानका साथ बिदाइ गर्ने निर्णय बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको हो। 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको बताइन्। 

मन्त्रिपरिषद्ले २०२८ सालदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा आवद्ध रही समाज रुपान्तरणका लागि भएका सशस्त्र संघर्षलगायतका आन्दोलनमा सीताले महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि जनाएको छ।

दाहालको निष्ठा, त्याग र संघर्षमय जीवनका उदाहरणीय पक्षलाई सबैले आत्मसाथ गर्न सक्नु उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास सरकारले लिएको शर्माले बताइन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .