ad ad

समाज


एमसीसी कार्यान्वयनमा जाँदैछ, बीरआईबारे छलफल हुँदैछ : परराष्ट्र मन्त्री

एमसीसी कार्यान्वयनमा जाँदैछ, बीरआईबारे छलफल हुँदैछ : परराष्ट्र मन्त्री

फाइल तस्बिर


नेपालखबर
असार २५, २०८० सोमबार १७:३९, काठमाडौँ

परराष्ट्रमन्त्री एनपी साउदले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)  आगामी अगस्टबाट कार्यान्वयनमा आउने बताएका छन्। 

संसद्‍को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा उनले यस्तो जानकारी दिएका हुन्। 

एमसीसी आगामी अगस्टबाट कार्यान्वयनमा जाने जानकारी दिँदै उनले चिनियाँ बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बारे पनि सन् २०१७ मा नै एमओयू भएको बताए। 

उनले बीआरआई कार्यान्वयनका लागि छलफलकै क्रममा रहेको पनि जानकारी दिएका छन्। 

‘बीआरआईका सन्दर्भमा २०१७ मा नै एमओयू भएको थियो। जसलाई कार्यान्वयन गर्ने छलफलकै क्रममा छ,’ उनले भने, ‘यसअन्तर्गत आयोजना कार्यान्वयन सुरु भइसकेको छैन।’ 

परराष्ट्रमन्त्री साउदले रसियामा नेपाली युवा सेनामा भर्ना भएको भनिएको विषयमा मस्कोस्थित नेपाली नियोगलाई एकिन गर्न लगाइएको पनि समितिलाई जानकारी दिए।

उनले राजदूत नियुक्तिबारे उच्च तहमा परामर्श भएको जानकारी दिएका छन्।

‘राजदूत नियुक्ति सम्बन्धी निर्देशिका र मापदण्डअनुरुप नियुक्ति केही दिनमा नै हुने छ,’ परराष्ट्रमन्त्री साउदले भने। 

साउदले सार्क प्रक्रिया सुचारु गर्नेबारे सबै सदस्य मुलुकबीच सहमति जुट्न नसकेको अवस्था दर्शाए।

सार्कलाई पुनः सक्रिय गर्नेतर्फ प्रयास जारी रहेको उनले बताए। मन्त्री साउदले रसुवा, तातोपानीलगायत चीनसँगका सीमानाका सहज बनाउँदै अरु नाकासमेत स्तरोन्नति गरी सञ्चालन गर्नेतर्फ कूटनीतिक पहल भइरहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .