समाज


कपनमा बाढी, मिलनचोकदेखि दुर्गा मन्दिरसम्मका घरहरू डुबे

कपनमा बाढी, मिलनचोकदेखि दुर्गा मन्दिरसम्मका घरहरू डुबे

नेपालखबर
असार २५, २०८० सोमबार १७:२७, काठमाडौँ

काठमाडौंको कपन लगायतका क्षेत्रमा बाढी आएको छ। सोमबार दिउँसो परेको वर्षाका कारण बूढानिलकण्ठदेखि कपन मिलनचोक, गोपीकृष्ण हल, सरस्वतीनगरलगायत क्षेत्रमा बाढी आएको हो। 

हरेक वर्ष यस क्षेत्रमा आएको बाढीले कयौं क्षति हुने गरेको छ। 

स्थानीयका अनुसार अहिले कपनको मिलनचोकदेखि दुर्गामन्दिर सम्मको क्षेत्रमा ठूलो बाढी आइ घरहरु डुबानमा परेको छ। 

सोही क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले पनि यसअघि कपनमा बाढी आउँदा आफूले धेरै गाली खानुपरेको गुनासो गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .