ad ad

समाज


धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

नेपालखबर
असार २२, २०८० शुक्रबार १९:१२, काठमाडौँ

सर्लाहीको हरिवनमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्।

शुक्रबार दिउँसो घराएसी कुरामा विवाद हुँदा हरिवन नगरपालिका–५, घुर्कौली टोल बस्ने ३५ वर्षका राम भरोश भनिने अजुर्न महतोले २८ वर्षकी श्रीमती नैनकुमारी महतोको हत्या गरेका हुन्।

दुईजनबीच घरायसी कुरा झगडा भएपछि अर्जुनले श्रीमती नैनाको घाटीमा धारिलो हतियार प्रहार गरेका प्रहरीले जनाएको छ।

धारिलो हतियार प्रहारबाट नैन कुमारीको टाउको र शरीर छुट्टिएको छ। घटनालगतै अर्जुनलाई ईलाका प्रहरी कार्यलय हरिवनले नियन्त्रणमा लिएको छ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .