ad ad

समाज


सुन्दरहरैँचाका लेखाअधिकृत २ लाख रुपैयाँ घुससहित समातिए

सुन्दरहरैँचाका लेखाअधिकृत २ लाख रुपैयाँ घुससहित समातिए

नेपालखबर
असार २२, २०८० शुक्रबार १७:५२, काठमाडौँ

मोरङको सुन्दरहरैँचा नगरपालिकाका लेखा अधिकृत घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयको टोलीले लेखा अधिकृत शेखर ढकाललाई शुक्रबार पक्राउ गरेको हो।

अख्तियारको टोलीले उनलाई २ लाख घुससहित कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो।

ढकालले नगरपालिकाको मर्मत सम्भारको भुक्तानीका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .