ad ad

समाज


सरकारले ल्यायो पाठेघरको क्यान्सरविरुद्धको खोप, १०–१४ वर्ष उमेरका किशोरीलाई दिइने

सरकारले ल्यायो पाठेघरको क्यान्सरविरुद्धको खोप, १०–१४ वर्ष उमेरका किशोरीलाई दिइने

फाइल तस्बिर


नेपालखबर
असार २१, २०८० बिहिबार ७:११, काठमाडौँ

सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप ल्याएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट खरिद गरेर २० हजार मात्रा खोप ल्याएको हो।

परिवार कल्याण महाशाखा ,बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले खोपले महिलालाई पाठेघरको मुखको क्यान्सर हुनेबाट बचाउने बताए। उनले १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर लाग्नबाट जोगाउन खोप दिइने जानकारी दिए। 

उनले खोप कुन कुन जिल्लाका दिने भनेर निर्णय स्वास्थ्य मन्त्रालयले गर्ने र सोहीअनुसार किशोरीलाई खोप लगाइने बताए। उनका अनुसार खोप ६ महिनाको फरकमा दुई मात्रा दिइने गरिन्छ। सरकारले चीनबाट पहिलोपटक सो खोप खरिद गरेर ल्याएको हो। 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सररोग विशेषज्ञ डा अरुण शाहीले दुर्गम क्षेत्रका महिलालाई खोपले क्यान्सर हुनबाट बचाउने बताए। उनले नेपालमा सबैभन्दा बढी महिलालाई पाठेघरको मुखमा क्यान्सर हुने गरेको उल्लेख गर्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को तथ्याङ्क अनुसार दिनमा ६  महिलाको मृत्यु हुने गरेको बताए। 

‘अस्पताल आउनेमा दैनिक ६ जनाको यसै क्यान्सरका कारण मृत्यु हुने गरेको छ’ उनले भने,‘अझ गाउँघरमा यस क्यान्सरको रोगका कारणले कतिको मृत्यु हुन्छन् भन्ने तथ्याङ्क छैन।’ क्यान्सर रोग विशेषज्ञ डा शाहीका अनुसार वर्षमा करिब दुई हजार ५०० महिलामा पाठेघरको मुखमा क्यान्सर लाग्ने गरेको छ। 

उनले असुरक्षित यौन सम्पर्क, सानै उमेरमा विवाह गर्ने, धेरै चुरोट खाने महिलामा पाठेघरको मुखमा क्यान्सर लाग्ने जोखिम हुने गरेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .