जिल्ला प्रहरी कार्यालय, जलेश्वर महोत्तरीका प्रहरी नायब निरीक्षक (लेखापाल) विनोद विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्ट उपर बिगो दुई लाख रुपैयाँ कायम गरी विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।
विष्ष्टले भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत लिएको अख्तियारले जनाएको छ।
सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको टंगालबाट खटिई गएको टोलीले विष्टलाई सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।
15
Shares

प्रतिक्रिया