ad ad

राजनीति


शुक्लाफाँटा आरक्ष पीडितको उचित व्यवस्थापन गर्न माग

शुक्लाफाँटा आरक्ष पीडितको उचित व्यवस्थापन गर्न माग

नेपालखबर
असार १९, २०८० मंगलबार १७:२३, काठमाडौँ

नेकपा(माओवादी केन्द्र) का सांसद महेशकुमार महराले कञ्चनपुरको शुक्लफाँटा आरक्ष पीडितहरुको उचित व्यवस्थापन गर्न माग गरेका छन्।

मंगलवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले कञ्चनपुरको शुक्लाफाँटा आरक्षबाट २०५८ सालमा त्यहाँका नागरिकहरुलाई निकालिएको भएपनि हालसम्म उचित व्यवस्थापन नगरिएको बताए। उनले विस्थापित आरक्ष पीडितहरुलाई व्यवस्थित गर्न माग गरे।

आरक्ष पीडितहरु हालसम्म शिविर, जंगल र नदीका किनारामा बस्न बाध्य भएको भन्दै उनीहरुलाई जमिन दिएर व्यवस्थापन गर्नुपर्ने उनले बताए। आफ्नो जमिन आरक्षलाई छोडेको भएपनि त्यहाँका नागरिकलाई हालसम्म मुआब्जा नदिइएको उनको भनाई छ।

उनले भने, ‘आरक्ष पीडितहरु २२ वर्षदेखि शिविर, जंगल र नदीका किनारमा बसिरहेका छन्। ति सुकुम्वासी होइनन्। तिनले आफ्नो भएको जमिन नेपाल सरकारलाई बुझाए तर उनीहरुलाई सट्टा जमिन दिएन। शिविरमा बस्न बाध्य बनाएको छ। आरक्ष पीडितलाई जमिनको साटो जमिन दिएर व्यवस्थित गर्नुपर्छ। यो सरकारले बुझ्नुपर्छ। ३२ वटा आयोग बन्दा पनि समस्या समाधान भएन। आरक्ष पीडितलाई राजनीतिक रुपमा लियो।’

उनले बजेटमा भूमिहीनलाई कसरी र कहाँ जग्गा दिने भन्ने उल्लेख नगरिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .