ad ad

समाज


दोस्रो दिन पनि कानुन व्यवसायी आन्दोलित, अधिवक्ता लामिछानेलाई फसाइएको आरोप

दोस्रो दिन पनि कानुन व्यवसायी आन्दोलित, अधिवक्ता लामिछानेलाई फसाइएको आरोप

नेपालखबर
असार १८, २०८० सोमबार १३:५४, काठमाडौँ

जिल्ला अदालत ललितपुरकी नायव सुब्बा प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछाबीच विवादपछि भएको हातहाल हालको घटनालाई लिएर कानुन व्यवसायीले आन्दोलन गरेका हुन्। 

असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै देशभरका अदालतका कर्मचारीहरुले आन्दोलनस्वरुप आइतबार तीन घण्टा काम नगरी विरोध जनाएका थिए। 

आइतबार नै नेपाल बार एशोसिएशनले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा सोमवार बहस पैरवी नगर्ने घोषणा गरेको थियो। 

त्यहीअनुसार आज उनीहरुले आन्दोलन गरेका हुन्। विरोध प्रदर्शनका क्रममा बोल्दै कानून व्यवसायी भोजराज अधिकारीले अधिवक्ता लामिछानेविरुद्ध लगाइएको झुटो भएकाले खारेज हुनुपर्ने माग राखे। 

उनले अदालतभित्रको मुद्दालाई समाधान गर्न नसक्ने अदालतका मुख्य न्यायाधीशहरुको तत्काल सरुवा हुनुपर्ने बताए।

‘झुटो मुद्दा लगाइएको छ, यो झुटो मुद्दा अविलम्व खारेज हुनुपर्छ। कर्मचारी उपरको जाहेरी दर्खास्त जुन छ, त्यो दर्ता हुनुपर्छ। उच्चबारको सदस्यमाथि भएको घटनालाई लिएर उच्चबारले तत्काल वक्तव्य निकाल्यो राम्रो कुरा हो। एउटा व्यक्ति, युनियनका मानिसहरु आएर यहाँ हस्तक्षेप भयो। अर्को महत्वपूर्ण कुरा यो घटनालाई मिलाउन नसक्ने यो अदालतका मुख्य न्यायाधीश पनि यहाँबाट सरुवा हुनुपर्छ। श्रेस्तेदार पनि सरुवा हुनुपर्छ’, उनले भने, ‘सम्बन्धित कर्मचारी पनि सरुवा हुनुपर्छ। एकछिन पनि तपाईहरु यो अदालतमा बस्ने कुनै नैतिक अधिकार छैन। घरभित्रको समस्या समाधान गर्न सक्नुहुन्न भने यहाँ बस्ने अधिकार पनि छैन।’

आन्दोलनका क्रममा बोल्दै अर्का कानुन व्यवसायी सीताराम केसीले अमिर लामिछानेलाई एउटा मुद्दामा फसाइएको भन्दै यो मुद्दा सम्पूर्ण कानुन व्यवसायीमाथि लागेको मुद्दा रहेको बताए। 

उनले सिसिटिभी फुटेज कसरी छैन भन्नेबारे तत्काल अनुसन्धान गरी दोषीमाथि कारबाही हुनुपर्ने बताए।

त्यस्तै अर्का कानुन व्यवसायी सुनिल पोखरेलले यो मुद्दा कानून व्यवसायी र कर्मचारीबीचको झगडा नभइ संस्थागत रुपमा कानून व्यवसायीलाई डिफेम गर्न सांगठनिक रुपमा लागेको देखिएको बताए।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .