ad ad

समाज


सर्पबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

सर्पबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

फाइल तस्बिर


नेपालखबर
असार १६, २०८० शनिबार २०:२९, काठमाडौँ

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मी र बर्खायाम बढेसँगै तराईमा सर्पदंशबाट बच्न आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले तराई क्षेत्रमा अहिलेको मौसममा सर्प देखिने भएकाले विषालु सर्पबाट जोगिन आग्रह गरेका छन्।

राति हिँड्नुपरे टर्च लाइट लिएर हिँड्ने, जुत्ता वा गमबुट लगाउने, खुट्टा राम्ररी छोप्ने बाक्लो पाइन्ट लगाउने, घर वरपरको घाँस झारपात काटेर सफा राख्ने एवं जमिनका दुला टाल्ने गर्नुपर्दछ।

यस्तै पराल, दाउरा आदि लिन जाँदा होसियारी अपनाउने, सुत्नुअघि ओछ्यान, खाटमुनि र वरपर राम्ररी हेर्ने, सधैँ झुल टाँगेर सुत्ने गर्न पनि आग्रह गरिएको छ।

सर्पले टोके के गर्ने?
सर्पले डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने, सर्पले टोकेको ठाउँमा काट्ने, चुस्ने बाँध्ने नगर्ने तथा मल्हम, टोकेको ठाउँमा रासायनिक पदार्थ तातो–चिसो प्रयोग नगर्ने र बिरामीको आत्मविश्वास कायम राख्ने गर्नुपर्दछ।

यस्तै धामी–झाँक्रीतिर नलाग्ने, विष सोस्ने कुराको पछि नलाग्ने, सम्भव भएसम्म डस्ने सर्पको पहिचान गर्ने तर नमार्ने, जति सक्दो चाँडो अस्पताल वा सर्प उपचार केन्द्रमा बिरामीलाई पुर्याउनुपर्दछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .