ad ad

कला


हरेक विदेशी चलचित्रको सेन्सर गर्नुपर्छ : भुवन केसी

हरेक विदेशी चलचित्रको सेन्सर गर्नुपर्छ : भुवन केसी

चलचित्र विकास बोर्डले शनिबार आयोजना गरेको २३औँ वार्षिकोत्सव समारोहमा सहभागी सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र विकास बोर्डका अध्यक्ष भुवन केसी लगायत। तस्बिरः किरणराज विष्ट/रासस


नेपालखबर
असार १६, २०८० शनिबार २०:३८, काठमाडौँ

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले हरेक विदेशी चलचित्रको सेन्सर गर्नुपर्ने बताएका छन्।

शनिबार चलचित्र विकास बोर्डको २३औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली फिल्मको व्यापार व्यापार मात्र नभइ राष्ट्रको पहिचान भएको बताए। 

उनले नेपालमा विदेशी फिल्मको प्रदर्शनीपूर्व विदेशी फिल्मको सेन्सर गर्नेकुराको पूर्ण कार्यान्वय गर्नसके कुनै विवाद सार्वभौमिकता, अखण्डता, राष्ट्रियता लगायतका संवेदनशील हुनसक्ने बताए।

‘नेपाली फिल्मको व्यापार विशुद्ध व्यापार नभइ राष्ट्रको पहिचान हो। त्यसैले नेपाली फिल्मको पक्षमा विभिन्न निर्णय गरेको मध्ये एक केही दिनअघि विदेशी फिल्मको सेन्सर गर्नुपर्ने हो,’ उनले भने, ‘यसको पूर्ण कार्यान्वयन गर्नसके नेपालमा विदेशी फिल्मको प्रदर्शनीपूर्व त्यस फिल्ममा रहेका विषयमा कुनै विवाद सार्वभौमिकता, अखण्डता, राष्ट्रियता लगायतका संवेदनशील कुरामा समय लिएर सुल्झ्याउन सकिन्छ।’

अध्यक्ष केसीले चलचित्र विकास बोर्डको स्थापना राष्ट्रिय चलचित्रको उन्नतीका लागि गरिएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .