ad ad

समाज


पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार काठमाडौंबाट पक्राउ

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार काठमाडौंबाट पक्राउ

नेपालखबर
असार १५, २०८० शुक्रबार १७:१३, काठमाडौँ

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्। रौनियारलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो। 

उनी विरुद्ध बाँकेमा ठगी मुद्दा दर्ता भएको थियो। सोही मुद्दाको आधारमा रौनियार काठमाडौंबाट पक्राउ गरिएको हो। उनलाई नयाँ बानेश्वर वृत्तले काठमाडौंबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दियो।

बाँके प्रहरीसँगको समन्वयमा उनलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको हो।

उनलाई थप अनुसन्धानका लागि बाँके पठाउने तयारी छ। 

रौनियारविरुद्ध बर्दिया सदरमुकाम गुलरिया र बार बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको लगायतका आरोपमा ०७५ सालमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो।

उनी पर्सा क्षेत्र नम्बर ३ का पूर्वसांसद् हुन्। उनी तत्कालिन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .