ad ad

समाज


बिहीबारदेखि पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड खुल्यो

बिहीबारदेखि पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड खुल्यो

नेपालखबर
असार १५, २०८० शुक्रबार १६:४०, काठमाडौँ

बिहीबार मध्यान्हबाट अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्ड खुलेको छ। बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि अवरुद्ध भएको सडक केहीबेर अघिबाट सञ्चालनमा आएको हो। 

अवरुद्ध सडकखण्डको अवस्था बुझ्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि पुगेका छन्। उनका स्वकीय सचिव प्रकाश सिग्देलका अनुसार चितवनमा आयोजित धान दिवसको कार्यक्रम सकेर सभापति लामिछाने अवरुछ सडकखण्डको अवलोकनमा पुगेका हुन्। 

अहिले उक्त सडकखण्ड एकतर्फी सञ्चालनमा आएको सिग्देलले नेपालखबरलाई जानकारी दिए। 

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेलका अनुसार आज बिहान ८ः३० बजेदेखि दुवै तर्फबाट पहिरो पन्छाउने काम भएको थियो।

बेलाबेलामा माथिबाट ढुङ्गा खसेर काममा अवरोध पुगे पनि सजगता अपनाउँदै काम गरेर सडक खोलिएको हो। 

सुक्खा पहिरो निरन्तर खसेपछि पन्छाउने काम गर्न सकिएको थिएन।

ढुङ्गा खस्ने क्रम कम भएसँगै आज बिहानबाट पहिरो पन्छाउन थालिएको थियो।

सडक सञ्चालनमा आए पनि सवारी साधनको लामो लाइन भएकाले तत्काल वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको थियो

चौबीस घन्टाभन्दा बढी समयदेखि सडक अवरुद्ध हुँदा सो सडक हुँदै यात्रा गर्ने धेरै यात्रुहरु विचल्लीमा परेका थिए।

उक्त सडक हुँदै दैनिक औसतमा १० हजार सवारी आवतजावत गर्ने गर्दछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .