ad ad

समाज


सुर्खेत हिँडेका कोहलपुर १२ का वडा अध्यक्ष खड्का भारतकाे हाेटलमा मृत भेटिए

सुर्खेत हिँडेका कोहलपुर १२ का वडा अध्यक्ष खड्का भारतकाे हाेटलमा मृत भेटिए

नेपालखबर
माघ १, २०७६ बुधबार ११:२६,

घरपरिवार र वडा कार्यालयमा सुर्खेत जान्छु भनेर हिँडेका कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष कृष्णबहादुर खड्का भारतको बहराइचस्थित एउटा हाेटलमा मृत अवस्थामा फेला परेका छन्।

अहिले विद्यार्थी नेता तथा प्रदेश कमिटीका सदस्य नरेन्द्र न्यौपानेको नेतृत्वमा एउटा टोली अवस्था बुझ्न भारत गएकाे नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले नेपालखबरलाई बताए।

उनले वडाध्यक्ष खड्का मृत अवस्थामा फेला परेको सूचना पाएपछि न्यौपानेलाई भारत पठाएकाे  नेपालखबरलाई बताए। उनका अनुसार भारतीय प्रहरीले खड्काले आत्महत्या गरेको प्रारम्भीक जानकारी नेपाली सुरक्षा अधिकारीलाई गराएको बताए।

परिवारले भने खड्का सुर्खेतको मेहलकुना जान भनी मंगलबार बिहान घरबाट निस्केको र त्यसपछि सम्पर्कमा नआएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .