दार्चुलामा शुक्रबार दिउँसो एक जनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार व्याँस गाउँपालिका–२ पतङ्गाड खोलामा पुरुषको शव भेटिएको हो।
दुहुँ गाउँपालिका–२ हिकिलाका ४६ वर्षीय विरसिंह बडालको शव खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताए।
मृत्युको कारण खुलेको छैन। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाको बारेमा जानकारी पाए लगत्तै प्रहरी चौकी सुनसेराबाट प्रहरी टोली गएको थियो।
थप अनुसन्धानका लाािग अहिले ईलाका प्रहरी कार्यालय हुतीबाट प्रहरी निरीक्षक नेतृत्वको टोली पनि घटनास्थल पुगेको छ।
36
Shares

प्रतिक्रिया