ad ad

समाज


मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध उपप्राध्यापक चलाउने पुगे सर्वोच्च

मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध उपप्राध्यापक चलाउने पुगे सर्वोच्च

फाइल तस्बिर


नेपालखबर
असार ६, २०८० बुधबार १४:२३, काठमाडौँ

त्रिभुवन विश्वविद्यालय परिसरमै आफूलाई मरनासन्न हुनेगरी आक्रमणमा संलग्न नेपाल विद्यार्थी संघका कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

सत्तारुढ नेपाली कांग्रेसनिकट नेविसंघका कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले सर्वोच्चमा रिट हालेका हन्।

उनले सरकारको  उक्त  निर्णय  गैरकानुनी र असंवैधानिक भन्दै  खारेजीको माग गरेका छन्। अधिवक्ता राधिका खतिवडाका अनुसार उक्त  रिटको पेसी बिहीबारका लागि तोकिएको छ।

सरकारले मुद्दा फिर्ता लिएपछि चलाउने यसअघि न्याय माग गर्दै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका  थिए। मंगलबार त्यहाँ पुग्दा उनलाई प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको थियो।

अदालत परिसरमै अनशन बस्न तयार भएपछि उनलाई प्रहरीले लछारपछार गर्दै समातेर लगेको थियो। त्यसपछि उनको पक्षमा नागरिक समाज र प्राध्यापकहरु आन्दोलित छन्।

चलाउनेलाई २०७७ असोज २० गते सत्तारुढ नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका कार्यकर्ताहरुले आक्रमण गरेर गम्भीर घाइते बनाएका थिए। 

त्रिविका नेविसंघ इकाइ अध्यक्ष हरि आचार्यको समूहले चलाउनेलाई गम्भीर घाइते हुनेगरी कुटपिट गरेको थियो। 

त्यसपछि आचार्यसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा चलिरहेको थियो। मुद्दाको अन्तिम सुनुवाइका लागि मंगलबार पेशी तोकिएको थियो।

तर त्यसअघि नै आइतबार सरकारले नेविसंघका कार्यकर्ताविरुद्धको उक्त मुद्दा फिर्ता लिने निर्णय गरेको थियो। उक्त मुद्दा कांग्रेसकै मन्त्रीको सिफारिसमा फिर्ता भएको थियो। 

रिटको पूर्णपाठ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .