ad ad

समाज


तीव्र गतिले गयो दुई युवाको ज्यान, संक्रान्तिमा गाउँ नै शोकमा

तीव्र गतिले गयो दुई युवाको ज्यान, संक्रान्तिमा गाउँ नै शोकमा

शैलेन्द्र महतो
माघ १, २०७६ बुधबार ५:२७,

मंगलबार साँझ सवा ५ बजे। धनुषाको जनकपुर-ढल्केवर सडकखण्डमा जनकपुरबाट २ युवक सवार ज १० प ३५३५ नम्बरको अपाचे मोटरसाइकल तीव्र गतिमा ढल्केवरतर्फ जाँदै थियो। चालकले हेलमेटसमेत लगाएका थिएनन्। त्यसमा पनि निर्माणाधीन सडकको देब्रे लेनबाट गाडी जाँदासमेत त्यो मोटरसाइकल दाहिने लेनमै हुक्याइँदै थियो। गति अत्यन्त तीव्र थियो।

वीरगन्जबाट जनकपुरतर्फ आउँदै गरेको एकता ट्राभल्स बसबाट उनी दाहिने तर्फबाटै मोटरसाइकल कटाएर पास भए। तर एकता ट्राभल्सकै पछाडिबाट विद्यार्थी पुर्‍याएर आउँदे गरेको जनकपुरको मोडेल मल्टिपल कलेजको ज १ क २८२ नम्बरको बसमा अगाडिको बायाँतर्फ जोडले मोटरसाइकल ठोक्कियो।

कलेजको बस आफ्नै साइडबाट केही गतिमै आउँदै थियो। बसका चालकले बचाउने प्रयास गर्दा समेत मोटरसाइकल तीव्र गतिका कारण उसको पनि केही लागेन, बसमा मोटरसाइकल जोडले ठोक्कियो।

dhalke 2

‘दुवै युवक ठाउँको ठाउँ ढले।दुवैको घटनास्थलमै मृत्यु भयो,’ एकता ट्राभल्सका यात्री प्रत्यक्षदर्शी महोत्तरीको एकडाँडा गाउँपालिका ६ का सिकिल अधिकारीले सुनाए।

‘बिनाहेल्मेट निकै तीव्र गतिमा मोटरसाइकलमा सवार दुवै युवक आउँदै थिए, निकै रफ चलाइरहेका थिए। झण्डै म चढेको एकता बसले कटाएपछि उ उल्टो साइडबाट मोटरसाइकल कटाएर बाँचे, उनले थपे, तर पछाडि आउँदै गरेको कलेजको बसमा ठोक्कियो। कुनै प्लेन नै क्र्यास भएजस्तो ठूलो आवाज आयो।’

केही पर गएर एकता ट्राभल्स रोकियो। दुवै युवककाे मृत्यु भइसकेको थियो। एकता ट्राभल्सकै यात्रुले झण्डै एक किलोमिटरको दुरीमा रहेको लक्ष्मीनियाँ बजारमा रहेका ट्राफिक प्रहरीलाई घटना जानकारी गराएपछि प्रहरी पुगेको प्रत्यक्षदर्शी अधिकारीले बताए।

dhalke 3

दुर्घटनामा मृत्यु हुने दुवै युवक धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ९ पर्सा पकडियाका हुन्। मोटरसाइकल चलाउने स्थानीय युवक स्थानीय अकबर राइनका जेठा छोरा २० वर्षका मुबारक राइन र पछाडि बसेका युवक स्थानीय बिल्टु ठाकुरका एकमात्र छोरा २१ वर्षका सन्तोष ठाकुर छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अशोक झाले घटना के कसो हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए। घटनापश्चात् आक्रोशित स्थानीयले घटनास्थलमै बस जलाएका छन्।

dhalke 4

घटनामा ज्यान जाने सन्तोष ठाकुर दोलखामा फर्निचरको काम गर्दै आएका थिए। भिनाजु मोहन ठाकुरका अनुसार सन्तोष माघे संक्रान्ति मनाउन सोमबार साँझ  मात्र घर आएका थिए। चार बहिनी र एक भाइ गरी आमाबुबाका ५ सन्तानमध्ये एउटै छोरा सन्तोष मंगलबार दिउँसो ३ बजे छिमेकका साथी मुबारकसँग जनकपुर घुम्न भनी घरबाट जनकपुर गएका थिए।

dhalke sok

मुबारकले आफ्नै ट्याक्टर चालकको मोटरसाइकल मागेर बिनाहेल्मेट जनकपुर पुगेका थिए। मुवारक अकबर राइनका जेठो छोरा थिए।

‘साँझ घरमा खबर आयो दुवै जनाको बसले ठक्कर दिँदा मृत्यु भयो,’ सन्तोषका भिनाजु मोहनले भने,‘एकल छोरोको मृत्युले परिवारै शोकमा छ। गाउँकै दुई युवकले अकालमा ज्यान गुमाउँदा गाउँ नै शोकमग्न भएको छ।’

dhalke gau

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .