समाज


सुदूरपश्चिम प्रदेशका मन्त्री सिंहको उपचारका क्रममा निधन

सुदूरपश्चिम प्रदेशका मन्त्री सिंहको उपचारका क्रममा निधन

फाइल तस्बिर


नेपालखबर
असार ५, २०८० मंगलबार १७:५८, काठमाडौँ

बझाङमा भएको सवारी दुर्घटनामा परेका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ।

उनको बाँकेको कोहलपुरस्थित अस्पतालमा उपचारका क्रममा मंगलबार अपरान्ह ५ बजेर ३३ मिनेटमा निधन भएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौरले मन्त्री सिंहको उपचारका क्रममा निधन भएको पुष्टि गरे। 

यसअघि नै उनकी पत्नी र उनकी भाउजुको बझाङमै निधन भइसकेको छ। 

मन्त्री पत्नी ५० वर्षीया अमृता सिंह र भाउजू ६० वर्षीया जयादेवी सिंह प्राथमिक स्वास्थ्य केन्द्र देउरामा निधन भएको थियो।

गम्भीर घाइते कानुनमन्त्री सिंह, चालक ३५ वर्षीय  धर्मराज जोशी र पीएसओ प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाईसहित तीन जनालाई उपचारका लागि हेलिकोप्टरमार्फत बाँकेको कोहलपुर लगिएको थियो। तर जोशीर र पीएसओ भण्डारी भने बोल्न सक्ने अवस्थामा छन्। 

मंगलबार दिउँसो बझाङको केदारस्यु गाउँपालिका-१ झारछडास्थित जयपृथ्वी राजमार्गमा मन्त्री सवार गाडी दुर्घटनामा परेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .