ad ad

समाज


तारुका र बेत्राबतीमा ५६ हल गोरु जुधाइँदै

तारुका र बेत्राबतीमा ५६ हल गोरु जुधाइँदै

नेपालखबर
माघ १, २०७६ बुधबार २:५५,

माघे संक्रान्तिको अवसरमा नुवाकोट र धादिङका विभिन्न ठाउँमा ५६ हल गोरु जुधाइने तयारी भएको छ।

यस वर्ष पनि माघे संक्रान्तिको अवसरमा नुवकोट तारुकामा २२ हल र रसुवा नुवाकोटको सीमाना बेत्रावतीमा १२ हलगोरु जुधाइँदै छ।

त्यस्तै नुवाकोटको पंचकन्या गाउँपालिका घलेगाउँमा ८ र धादिङको धुँवाकोटमा १४ हल गोरु जुधाउने कार्यक्रम छ।

बझांगी राजा जयपृथ्वी बहादुरसिंहको पालादेखि गोरु जुधाउने खेल चलिआएको मानिन्छ। मेलामा स्थानीय मगर, तामाङका झाँकी, बालन भजन हुँदैछ। भेलामा स्थानीय परिकारसमेत राखिने छ।

आन्तरिक तथा वाह्य पर्यटकको प्रबद्र्धन गर्ने उद्देश्यले एक दशक देखि नुवाकोटको तारुकामा एकीकृत ढंगबाट मेला आयोजना हुँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .