यतिबेला काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली, लुम्बिनी, गण्डकी, मधेश तथा कोशी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो।
महाशाखाले चेतावनी जारी गर्दै भनेको छ– सो प्रणाली पूर्व सर्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
वर्षासँगै आएको बाढीपहिरोले खासगरी देशको पूर्वी क्षेत्रमा व्यापक जनधनको क्षति भइरहेको छ।
— Nepal Weather Forecast (@DHM_Weather) June 19, 2023हाल कर्णाली, लुम्बिनी, गण्डकी, मधेश तथा कोशी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको र सो प्रणाली पूर्व सर्ने क्रममा रहेकोले आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ। @NDRRMA_Nepal @NEOCOfficial pic.twitter.com/losLUbaxmZ
Shares

प्रतिक्रिया