ad ad

समाज


ज्यान र हतियार मुद्दामा तीन पक्राउ

ज्यान र हतियार मुद्दामा तीन पक्राउ

नेपालखबर
पुस २९, २०७६ मंगलबार १०:३६,

कर्तव्य ज्यान र हातहतियार खरखजना मुद्दामा अदालतबाट १३ वर्षको कैद सजाय पाएर फरार एकसहित तीनलाई सिरहा प्रहरीले पक्राउ गरेको छ।

कर्तव्य ज्यान मुद्दामा १० वर्ष र हातहतियार खरखजाना मुद्दामा तीन वर्ष कैद तथा रु एक लाख जरिवाना सजाय पाएका सिरहाको कल्याणपुर नगरपालिका–८ निवासी ३५ वर्षीय मोहम्मद हसिद राइन साहजीलाई प्रहरीले करीब चार वर्षपछि पक्राउ गरेको हो।

जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा विसं २०७१ असोज २ गते साहजीलाई १० वर्ष कैद र हातहतियार खरखजना मुद्दामा विसं २०७२ चैत्र ८ गते तीन वर्ष कैद तथा रु एक लाख जरिवानाको फैसला गरेको थियो। अदालतको फैसलालगत्तै फरार भएका साहजीलाई इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

यस्तै प्रतिबन्धित लागुऔषध गाँजासहित इलाका प्रहरी कार्यालय मिर्चौयाले मिर्चैया नगरपालिका–२ निवासी ५५ वर्षीय रासलाल मण्डललाई पक्राउ गरेको छ। पक्राउ परेका मण्डलको साथबाट १६० ग्राम लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ। त्यस्तै नेपालबाट भारततर्फ अवैधरूपमा तस्करी गरिरहेको भैँसीसहित प्रहरीले सिरहा नगरपालिका–२० दशगज्जास्थित लगडीगदियानीबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

प्रहरी चौकी लकडीगदियानीबाट खटिएको गस्ती टोलीले भारततर्फ लैजाँदै गरेका चार भैँसीसहित भारतको खजुरी पञ्चयात–४ निवासी ४० वर्षीय अबुल कलामलाई पक्राउ गरेको छ। भैँसीलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय माडरमा बुझाइने प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .