नासाका अनुसार अस्ट्रेलियाको ठूलो डढेलोको धुवाँले पृथ्वीको एक फन्को परिक्रमा गर्नेछ। त्यसपछि अस्ट्रेलिया नै पुग्नेछ।
हाल डढेलोको धुवाँ प्रशान्त महासागरतर्फ बढेको छ। नासाका अनुसार नयाँ वर्षको पहिलो दिनको धुवाँ अहिले उत्तर अमेरिका पार भएको र ज्यानुअरी ८ सम्म पृथ्वी आधा घुमेको नासाको भनाइ छ।
‘अस्ट्रेलियाको धुवाँले पृथ्वीको कम्तीमा एक फन्को लगाउने अपेक्षा गरिएको छ’ अमेरिकी अन्तरिक्ष संस्था नासाले भनेको छ।
विज्ञहरूले ती डढेलोहरूका कारण जलवायु परिवर्तन तीव्र बनाएको दाबी गरेका छन्।
नासाका अनुसार ती डढेलोहरू यति विशाल छन् कि तिनले अस्वाभाविक रूपमा धेरै आगोका कारण हुने आँधीबेहरी ल्याएका छन्।
त्यसको कारण धुवाँ आकाशको धेरै नै माथि पुगेको छ। धुवाँ १७.७ किलोमिटर माथिसम्म पुगेको नासाको तथ्याङ्क छ।
त्यतिमाथि पुगेको धुवाँ संसारभरको आकाशको अवस्थालाई प्रभावित पार्दै पृथ्वी घुम्ने नासाको भनाइ छ।
अस्ट्रेलियामा सयौँ स्थानमा डढेलो लागेको र त्यसले कम्तीमा २८ जनाको ज्यान लिनुको साथै २,००० घर ध्वस्त बनाएको बीबीसीले जनाएको छ। बीबीसी
A fleet of NASA satellites ?️ working together has been analyzing the aerosols and smoke from the massive fires burning in Australia.https://t.co/93geNvCBnU pic.twitter.com/ZedZ199lvJ
— NASA Goddard (@NASAGoddard) January 9, 2020
प्रतिक्रिया