समाज


नेपाल भाषा सिकाउन काठमाडौं महानगरको २१ दिने तालिम सुरु

नेपाल भाषा सिकाउन काठमाडौं महानगरको २१ दिने तालिम सुरु

नेपालखबर
जेठ २९, २०८० सोमबार ८:४८, काठमाडौँ

काठमाडौंमा नेपाल भाषा तथा नेपाल लिपि सिकाउन प्रशिक्षण कार्यक्रम आयोजना भएको छ।

आइतबारदेखि काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले नेपाल लिपि गुथि (गुठी) सँग सहकार्य गरी कक्षा सुरु गरेको हो।

कक्षाको व्यवस्थापन वडा नम्बर ५ ले गरिरहेको छ।

शनिबारबाहेक हरेक दिन साँझ ५:१५ देखि गहना पोखरीस्थित क्याम्पियन कलेजमा भइरहेको कक्षाका लागि कुनै शुल्क नलाग्ने विभाग उपनिर्देशक सिर्जु प्रधानले जानकारी दिइन्। 

पहिलोपटक लिपि र भाषामा २५-२५ जना गरेर कुल ५० जनालाई उक्त कक्षा दिन लागिएको उनले बताइन्। 'यसको प्रभाव हेरेर आगामी दिनमा पुन: कक्षा सञ्चालन गर्ने सोचेका छौँ,' उनले भनिन्।

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad