समाज


इजलासमा चार अभियुक्तको गुनासो : टेकुमा अमानवीय व्यवहार भयो, दरबारमार्गकै हिरासतमा राखियोस्

इजलासमा चार अभियुक्तको गुनासो : टेकुमा अमानवीय व्यवहार भयो, दरबारमार्गकै हिरासतमा राखियोस्

फाइल तस्बिर


नेपालखबर
जेठ २८, २०८० आइतबार १७:२३, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा चारजना अभियुक्तले आफूहरुलाई दरबारमार्ग प्रहरी वृत्तकै हिरासतमा राख्न माग गरेका छन्।

आइतबार जिल्ला अदादत काठमाडौंमा थुनछेक बहसपछि इजलासअगाडि पुगेर हज कमिटीका अध्यक्ष शमशेर मियाँले यस्तो माग गरेका हुन्। 

उनीहरुलाई शनिबार मात्रै प्रहरीले दरबारमार्गको हिरासतबाट काठमाडौं प्रहरी परिसर सारेको थियो।

मियाँसहित शरणार्थी नेता टेकनाथ रिजाल, नरेन्द्र केसी र सन्देश शर्मालाई परिसरको हिरासतमा लगिएको थियो। 

तर परिसरमा प्रहरीले अमानवीय व्यवहार समेत गरेको गुनासो उनीहरुले न्यायाधीशसामु गरे।

‘दरबारमार्ग बृत्तमा बस्ने ठाउँ पनि ठीक थियो, प्रहरीको व्यवहार पनि राम्रो थियो। तर परिसरमा प्रहरीले अमानवीय व्यवहार गरे। हामीलाई अमानवीय तरिकाले राखियो’, मियाले भने। 

उनले त्यहाँको हिरासतमा गइसकेपछि स्वास्थ्यमा समेत समस्या देखिएको बताए।

उनको गुनासो पछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेले परिसरका डीएसपीलाई बोलाउन भनेका थिए।

तर डीएसपी आइनसकेको अर्का प्रहरीले जानकारी गराएपछि आएपछि ‘म कहाँ पठाइदिनुस्’ भनेका छन्। 

उनले भने, ‘ठीक छ म कुरा गर्छु। तपाईंहरु (प्रहरी) मानवीय व्यवहार गर्नुस् न, यसरी गुनासो आउनेस्थिति नहोस्।’

शरणार्थी नेता रिजालले पनि परिसरको हिरासतमा सासै फेर्न गाह्रो भएको बताए। उनले आफू बिरामीसमेत भएकाले समस्या भएको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .