श्रीनगर–जम्मू सडकखण्डमा भारतीय प्रहरीका डीएसपी देविन्दर चरमपन्थीसहित पक्राउ परेपछि उनीमाथि अनुसन्धान सुरु भएको छ।
प्रहरीले दुई चरमपन्थी भाग्दै गरेको सूचना पाएपछि एक कारलाई पछ्याएका थिए। प्रहरीले कार रोकेपछि डीएसपी देविन्दरलाई पनि त्यहीँबाट गिरफ्तार गरेको हो।
गतवर्षको स्वतन्त्रता दिवसका दिन राष्ट्रपतिबाट डीएसपी देविन्दरले सम्मान पाएका थिए। उनी श्रीनगर विमानस्थलमा तैनाथ थिए।
जम्मु कस्मिरका आइजी विजय कुमारले समाचार संस्था एएनआईलाई हिजबुल मुजाहिदिका दुई चरमपन्थीसहित डीएसजी देविन्दरलाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन्।
चरमपन्थी समूहसँग देविन्दरको सम्बन्धबारे यतिबेला अनुसन्धान भइरहेको छ। देविन्दरले भारतमा चरमपन्थी भित्र्याउने र सुरक्षित बाहिर निकाल्न सहयोग गरेको अनुमान गरिएको छ।
Vijay Kumar, IG, J&K Police: Yesterday during an operation in Sophian, one Deputy Superintendent of Police (DSP) was arrested along with two wanted Hizbul Mujahideen militants, while they were travelling together in a vehicle on National Highway. Interrogation is underway. pic.twitter.com/u5alCpNFPW
— ANI (@ANI) January 12, 2020Shares

प्रतिक्रिया