ad ad

समाज


स्वास्थ्यतर्फका प्रहरीका चार डीएसपी एसपीमा बढुवा सिफारिस

स्वास्थ्यतर्फका प्रहरीका चार डीएसपी एसपीमा बढुवा सिफारिस

नेपालखबर
जेठ २२, २०८० सोमबार १५:२६, काठमाडौँ

नेपाल प्रहरीका प्राविधिक तर्फबाट चार जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षकमा बढुवाका लागि सिफारिस भएका छन्।

सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त पदमा बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव एआईजी सन्दीप भण्डारीले जानकारी दिए।

एसपीमा बढुवाका लागि प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप समूह, चिकित्सकतर्फको प्रहरी उपरीक्षक पदमा बढुवा भएका हुन्।

डा. अर्जुन प्रसाद डुम्रे, डा. रोजीना मानन्धर, डा. ज्योती बाँस्तोला पौडेल र डा. सागर कुमार दुवाल श्रेष्ठ रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .