ad ad

समाज


नेपालमा धर्मको संख्या १० पुग्यो, १४२ जनजाति

नेपालमा धर्मको संख्या १० पुग्यो, १४२ जनजाति

फाइल तस्बिर


नेपालखबर
जेठ १९, २०८० शुक्रबार २१:२२, काठमाडौँ

नेपालमा धर्मको संख्या १० वटा कायम भएको छ। राष्ट्रिय जनगणना, २०७८ अनुसार जनजातिको संख्या १४२ र मातृभाषा संख्या १२४ कायम भएको छ। 

‘जातजाति, भाषा तथा धर्मसँग सम्बन्धित यी तथ्याङ्क उत्तरदाताहरूले दिएका जवाफका आधारमा र विज्ञसमूहको सिफारिस अनुसार राष्ट्रिय जनगणना २०७८ मा जातजातिको संख्या १४२, मातृभाषा संख्या १२४ र धर्म संख्या १० कायम भएको छ,’ राष्ट्रिय तथ्याकं कार्यालयले विज्ञप्तिमार्फत भनेको छ। 

गत चैत १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना, २०७८ को प्रतिवेदन सार्वजनिक गरेका थिए।  जातजाति, भाषा र धर्म सम्बन्धमा भने विभिन्न व्यक्ति र संस्थाहरूबाट आएका करिब ७० वटा मागसहित ध्यानाकर्षण पत्र दर्ता भएको थियो। 

सोही विषयमा विज्ञ तथा संवैधानिक आयोगका सम्बन्धित कर्मचारीको परामर्श र छलफल समेत भएको थियो। 

‘२०६८ सालको जनगणनामा प्रकाशित भएका जातजाति र भाषाका अतिरिक्त २०७८ मा उल्लेख भई आएका थप नयाँ जातजाति र भाषाहरुको सन्दर्भमा त्यसलाई अन्तिम रुप दिन विज्ञहरूबाट प्रासंगिक कागजातहरू अध्ययन गरी वर्गीकरण गरिएको छ,’ विभागले भनेको छ।

विसं २०६८ सालको जनगणना अनुसारको कुल १२३ वटा मातृभाषा मध्ये १२ वटा विदेशी भाषा बोल्ने व्यक्तिहरूको संख्या न्यून थियो। ‘अन्य भाषा’ अन्तर्गत समावेश गरी हाल नयाँ थप भएका १३ वटा समेत गर्दा जम्मा १२४ वटा मातृभाषा कायम भएको जनाइएको छ।

विज्ञप्तिः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .