समाज


अमेरिकामा आँधीका कारण एघारको मृत्यु, बाह्र सय उडान रद्द

अमेरिकामा आँधीका कारण एघारको मृत्यु, बाह्र सय उडान रद्द

नेपालखबर
पुस २७, २०७६ आइतबार १२:३२,

आँधीसँगै कडा हावाहुरी र बाढी पनि आएकाले मानवीय क्षति भएको अधिकारीहरुले जानकारी दिएका छन्।

घटनामा परी मृत्यु भएका मध्ये एक जना प्रहरी र एक जना उद्धारकर्तासमेत रहेका जनाइएको छ। टेक्सासको लुब्बुकमा शनिबार बिहान उनीहरुको मृत्यु भएको हो।

त्यसैगरी ओक्लाहोमामा पनि बाढी र बर्षासँगै आँधी आएको थियो। त्यस क्षेत्रमा खटिएको गस्ती टोलीले शनिबार दिएको जानकारीअनुसार आँधीका कारण सवारी साधनहरु बाटोमै रोकिएका थिए।

बृद्धबृद्धाहरुको एउटा जोडी शनिबार लुइसियानानजिकै शनिबार मृत अवस्थामा भेटिएका छन् भने अर्का एक जनाको इओवामा मृत्यु भएको छ।

आँधीपछि टेक्सासदेखि ओहियोसम्मका हजारौ घरहरुमा विद्युत सेवा अवरुद्ध भएकाले लाखौ मानिसहरु विद्युत सेवा बिहिन अवस्थामा रहेका छन्।

त्यसैगरी कतिपय राजमार्गहरु बन्द भएका छन्। विषेशगरेर ओक्लाहोमा र अर्कान्सासमा बाढी आएकाले बाटो बन्द भएका हुन्।

त्यसैगरी सिकागोका दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने १२ सयभन्दा बढी उडान सेवा स्थगित भएको अधिकारीहरुले जनाएका छन्।

विमानस्थलका अधिकारीहरुका अनुसार ओहारे अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै ९५० भन्दा बढी उडान स्थगित भएका हुन्।

शनिबार बिहानैदेखि आइतबार दिउसोसम्मका सेवाहरु बन्द गरिएको उनीहरुले जानकारी दिएका छन्। शनिबार रातभरी र बिहानसम्म पनि बर्षा भएको उनीहरुले बताएका छन्। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad