ad ad

समाज


गुणस्तर तथा नापतौल कार्यालयका हाकिमको अवैध आय चार करोड ४७ लाख

गुणस्तर तथा नापतौल कार्यालयका हाकिमको अवैध आय चार करोड ४७ लाख

नेपालखबर
जेठ १६, २०८० मंगलबार १५:२९, काठमाडौँ

गुणस्तर तथा नापतौल कार्यालय, वीरगञ्जमा कार्यरत वरिष्ठ निरीक्षक शशी भुषण कुमार यादवले अकुत सम्पत्ति कमाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
यादवले चार करोड ४७ लाख ३४ हजार २१२ रुपैयाँ २६ पैसाको स्रोत खुलाउन नसेकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

नोकरी अवधिभर विभिन्न कार्यालयमा कार्यरत रहँदा आफ्नो परिवारको नाममा जग्गा जमिन खरिद गरी गैररकानूनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा यादवको सो बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको हो।

यादवले सार्वजनिक सेवा प्रवेश गरेदेखि हालसम्म सात करोड २४ लाख ५६ हजार २६३ रुपैयाँ १२ पैसा खर्च तथा लगानी गरेको र सोह अवधिमा दुई करोड ७७ लाख २२ हजार ५० रुपैयाँ ८६ पैसा मात्रै वैध आय भएको अख्तियारको ठहर छ।

अख्तियारले यादवले सार्वजनिक सेवाको पदमा रहँदाका बखत गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट श्रीमती रिता रानी, छोराद्वय विकास यादव र अविनास यादवको नाममा खरिद गरिएका जग्गा, घर निर्माण र बैंक मौज्दातको स्रोत नखुलेको सम्पत्ति र त्यसबाट बढेबढाएको सम्पत्तिको जफत गर्ने प्रयोजनार्थ मात्र रिता रानी, अविनास यादव र विकास यादवलाई समेत प्रतिवादी कायम गरी आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .