ad ad

समाज


प्रेस युनियनले स्थापना दिवस मनाउने

प्रेस युनियनले स्थापना दिवस मनाउने

नेपालखबर
जेठ ११, २०८० बिहिबार १७:९, काठमाडौँ

नेपाल प्रेस युनियनले विभिन्न कार्यक्रम सहित ३२ औं स्थापना दिवस मनाउने निर्णय गरेको छ। प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले जेठ १२ देखि १४ गतेसम्म त्रीदिवसिय कार्यक्रम सहित स्थापना दिवस मनाउने निर्णय गरेको हो।

स्थापना दिवसको अवसरमा अस्पतालका बिरामीलाई फलफूल वितरण, प्रेस स्वतन्त्रता रक्षाका लागि सञ्चार क्षेत्रको भूमिका विषयक विचार गोष्ठी, रक्तदान तथा खेलकुद कार्यक्रम गरी मनाउने निर्णय गरेको प्रेस युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिए। 

स्थापना दिवस मनाउनका लागि सबै जिल्ला तथा प्रतिष्ठान शाखालाई केन्द्रीय समितिले आग्रह गरेको छ।

जेठ जेठ १३ गते केन्द्रीय समितिको आयोजनामा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यतामा प्रेस स्वतन्त्रता रक्षाका लागि सञ्चार क्षेत्रको भूमिका विषयक विचार गोष्ठी आयोजना गरी मूल समारोहका साथ स्थापना दिवस मनाउने निर्णय भएको छ। 

लोकतन्त्रबादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनको स्थापना २०४८ सालमा भएको हो। युनियनले पत्रकारको ट्रेड युनियन अधिकार, प्रेस स्वतन्त्रता, श्रमजिबी पत्रकारको अधिकार, पत्रकारको क्षमता विकास लगायतका क्षेत्रमा काम गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .