ad ad

समाज


सगरमाथा चुमेर फर्किए दुवै खुट्टा गुमाएका हरि बुढा (तस्बिरहरू)

सगरमाथा चुमेर फर्किए दुवै खुट्टा गुमाएका हरि बुढा (तस्बिरहरू)

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको स्वागतमा सहभागी हुँदै ‘डबल एम्प्युटी’ हरि बुढा मगर।


सरोज बैजु
जेठ ९, २०८० मंगलबार १२:५१, काठमाडौँ

विश्वको सर्वोच्च सगरमाथा आरोहण गरेका पूर्वब्रिटिस गोर्खा सैनिक हरि बुढामगर काठमाडौं आइपुगेका छन्। उनको स्वागतका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती लगायत त्रिभुवन विमानस्थल पुगेका थिए।

बुढाले सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड बनाएका छन्। 

उनले आज (मंगलबार) काठमाडौंमा पत्रकार सम्मेलन पनि आयोजना गर्दैछन्। 

कृत्रिम खुट्टा (प्रोस्थेटिक)को सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन्। झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन्।

रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए।

तस्बिरहरूः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .