ad ad

समाज


बालबालिकालाई इन्टरनेटको उपयोगबारे जानकारी दिन ‘आर्ट कार्यशाला’

बालबालिकालाई इन्टरनेटको उपयोगबारे जानकारी दिन ‘आर्ट कार्यशाला’

नेपालखबर
जेठ ७, २०८० आइतबार १४:१७, काठमाडौँ

नेपाल इन्टरनेट फाउन्डेशनले बालबालिकालाई थप सशक्तिकरण र सिर्जनशीलतालाई प्रेरित गर्न आयोजना गरेको आर्ट कार्यशाला सम्पन्न भएको छ।

इन्टरनेट बालबालिकाका लागि हो भन्ने उद्देश्यका साथ शनिबार बौद्धस्थित उत्पला क्याफेमा आयोजना गरिएको कार्यशालामा प्रमुख अतिथिको रुपमा ई–आर्ट नेपालकी सहसंस्थापक एरिना ताम्राकार रहेकी थिइन्।

त्यस्तै, विशिष्ट अतिथिको रुपमा उत्पला क्याफेका प्रबन्ध निर्देशक दिपक बोहोरा, हेल्प नेपालका संयोजक अरुन कुमार बस्नेत र काठमाडौं महानगरपालिका वडा नं ७ का वडाध्यक्ष विमल कुमार होडा, शुभश्री बाल उद्यान फोस्टर होमका स्वंय सेवक लगायतको सहभागिता रहेका थियो।

कार्यशालामा बालबालिकाले आफ्नो प्रतिभालाई इन्टरनेटको प्रयोग गरेर उजागर गरेका थिए। शो कार्यशालामा बालकालिकाले आफ्नो कलात्मक क्षमताहरू अन्वेषण गर्न सक्ने सीपहरू बढाउन सक्ने र कला सिर्जना गर्ने आनन्दको अनुभव गर्न पाएको आयोजकको दाबी छ।

कार्यशालामा बोल्दै प्रमुख अतिथि ताम्राकारले कलाको निजी जीवन, सामुदायिक विकास र संवेदनशील बनाउनमा ठूलो भूमिका रहेको विषयमा जोड दिएकी थिइन्।

कोरोना महामारीको बेला नेपालका अनाथ बालबालिकालाई सुरक्षित र निःशुल्क इन्टरनेट कार्यक्रम ‘एक अभियान’ को रूप हो।

यसले गर्दा कला र पेन्टिङमार्फत बालबालिकाभित्र लुकेर रहेको अथाह प्रतिभा उजार गर्न मद्दत गर्ने र इन्टरनेटको प्रयोगबाट डिजिटल डिभाइड पनि सुधार हुने आयोजको भनाइ छ।

‘कार्यशालामा सहभागिता अत्याधिक रुपमा भएकाले हामी अत्यन्तै खुशी छौँ’ नेपाल इन्टरनेट फाउन्डेसनकी स्वयंसेवी तजन्ना श्रेष्ठले भनिन्।

कला र शिक्षाको माध्यमबाट बालबालिकालाई सशक्तिकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको नेपाल इन्टरनेट फाउन्डेसनकी स्वयंसेवी कार्यक्रम संयोजक तजन्ना श्रेष्ठले बताइन्।

कार्यशालाले अन्तरक्रियात्मक सत्रहरू सञ्चालन समेत गरेको थियो, जहाँ बालबालिकाहरूले समुदाय र एकताको भावनालाई प्रेरित गर्न आफ्ना कथाहरू र अनुभवहरू बाँडेका थिए।

नेपाल इन्टरनेट फाउन्डेसनले आयोजना गरेको यस वर्कशपलाई वर्ल्डलिंक, बूढानीलकण्ठ जेसीआई, लजगा र उत्पला क्याफेको सहयोग रहेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .