ad ad

समाज


तीन दिन मौसम ‘डिस्टर्ब’ रहने, आज काठमाडौंसहित पहाडी भेगमा पानी पर्ने

तीन दिन मौसम ‘डिस्टर्ब’ रहने, आज काठमाडौंसहित पहाडी भेगमा पानी पर्ने

फाइल तस्बिर


नेपालखबर
जेठ ५, २०८० शुक्रबार ७:३७, काठमाडौँ

आज (शुक्रबार) पनि काठमाडौं उपत्यकासहित देशका पहाडी भेगका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

त्यसो त अहिले (शुक्रबार बिहान ७:२० बजे कुरा गर्दा) पनि कोशी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा वर्षा भइरहेको महाशाखाकी मौसमविद् बिनु महर्जनले जानकारी दिइन्। यसबाहेक देशभरका पहाडी भेगमा आंशिक बदली (२६ देखि ५० प्रतिशतसम्म आकाशमा बादल) भएको छ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा (२५ प्रतिशत आकाशमा मात्र बादल) रहेको उनले बताइन्।

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो  कोशी प्रदेशमा सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) तथा बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

‘विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको छ’, मौसमविद् महर्जनले भनिन्, ‘आज दिउँसो काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना छ।’

महाशाखाको बुलेटिनअनुसार आज रातिकोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया  सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षा हुने सम्भावना पनि छ। 

मौसमविद् महर्जनका अनुसार २/३ दिन मौसम ‘डिस्टर्ब’ (गडबड) नै हुने देखिएको छ। मौसमविद्ले सामान्यताय ३ दिनसम्मको माैसम अनुमान गर्ने गर्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .