ad ad

समाज


महादेवस्थान पुगेर पूर्वराष्ट्रपतिले गरिन् मदन भण्डारीको सालिकमा माल्यार्पण

महादेवस्थान पुगेर पूर्वराष्ट्रपतिले गरिन् मदन भण्डारीको सालिकमा माल्यार्पण

तस्बिर : सरोज नेपाल


नेपालखबर
जेठ ३, २०८० बुधबार ८:४२, काठमाडौँ

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी छन्।

बुधबार बिहान ७:३० बजे मदन भण्डारी स्मृति वाटिका महादेवस्थान, कोटेश्वर पुगेर उनले भण्डारीको सालिकमा माल्यार्पण गरेकी हुन्।

राष्ट्रपतिको कार्यकालबाट बिदा भएपछि यो उनको पहिलो सार्वजनिक कार्यक्रम हो।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको २०५० जेठ ३ गते दासढुंगा, चितवनमा जिप दुर्घटनामा मृत्यु भएको थियो।

दुर्घटना नभई हत्या भएको अनुमान पनि भएकोमा उनको मृत्युको रहस्य अझै खुलेको छैन।

मदन-विद्याबीच २०३९ सालमा भूमिगत रूपमा विवाह भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .