ad ad

समाज


सेनाले महिला सैनिक, कर्मचारी र छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने

सेनाले महिला सैनिक, कर्मचारी र छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने

नेपालखबर
जेठ २, २०८० मंगलबार १९:१४, काठमाडौँ

नेपाली सेनाले आफ्ना महिला सैनिक तथा कर्मचारीहरुका लागि निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने भएको छ।

प्रधान सेनापतिको कमाण्ड नीति तथा मार्गनिर्देशन २०७८ को लक्ष्य नं ६ (कल्याणकारी सेवा र सहुलियतको विस्तार एवं प्रभावकारी व्यवस्थापन गर्ने) अनुरुप कल्याणकारी कार्य अन्तर्गत यस्तो व्यवस्था गरिएको हो।

यसका लागि सेनाको कल्याणकारी निर्देशनालयले आफ्नो उत्पादन कारखाना स्थापना गरेको छ। कारखानाबाट प्रति व्यक्ति मासिक १६ वटा स्यानिटरी प्याड वितरण गर्ने गरी उत्पादन शुरु भइसकेको छ।

स्यानिटरी प्याड उत्पादन कारखाना स्थापनाका लागि माछापुच्छ्रे बैंकले सैनिक कल्याणकारी निर्देशनालयलाई मेशिन उपलब्ध गराएको छ। यस्तै नबिल बैंक, सिद्धार्थ बैंक र कुमारी बैंकले पनि प्याड उत्पादनका लागि सहयोग पुर्‍याएका छन्।

आज जङ्गी अड्‍डामा आयोजित एक कार्यक्रममा उल्लेखित बैंकहरुका प्रतिनिधिहरुको उपस्थितीमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले प्रधान सेनापति महारथी प्रभुराम शर्मालाई स्यानिटरी प्याड उत्पादन मेशिन हस्तान्तरण गरे।  

नेपाली सेनाले सैनिक कल्याणकारी कोष खडा गरी बहालवाला तथा अवकाश प्राप्त सकलदर्जा र आश्रित परिवारको हितमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। सैनिक कल्याणकारी कोषको सञ्चालन र व्यवस्थापन सैनिक ऐन २०६३ अनुरुप हुँदै आएको छ।

कोष अन्तर्गत सञ्चालित महाविद्यालय तथा विद्यालयहरुमा अध्ययनरत छात्राहरुलाई पनि निःशुल्क र नियमित रुपमा स्यानिटरी प्याड उपलब्ध गराइने जंगी अड्डाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .