ad ad

समाज


अनियन्त्रित बाटो काट्न अब थप कडाई

अनियन्त्रित बाटो काट्न अब थप कडाई

नेपालखबर
पुस २५, २०७६ शुक्रबार ११:४,

सडकमा बाटो काट्दा अनिवार्य जेब्राक्रसिङ र आकाशे पुल तथा तोकिएको ठाउँ मात्र प्रयोग गर्न थप कडाई गर्न शहरी विकास मन्त्रालय र महानगरीय ट्राफिक प्रहरीले सहकार्य बढाएका छन्।

‘शहरी बिकास मन्त्रालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वयमा काठमाण्डौं उपत्यकाको बिभिन्न स्थानहरुमा पैदल यात्रुहरुलाई अनिवार्य रुपमा जेब्राक्रसिङ, आकाशे पुल तथा तोकिएको ठाउँबाट बाटो काट्न सु-सुचित गर्ने प्रयोजनका लागि १२० थान 'स्टप बोर्ड' शहरी बिकास मन्त्रालयका राज्यमन्त्री रामबिर मानन्धरले महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाललाई एक समारोहका बीच हस्तान्तरण गरेका छन्।

राज्यमन्त्री मानन्धरले पैदल यात्रुहरुले सवारी दुर्घटनाबाट अनाहकमा ज्यान गुमाउन नपरोस तथा सुरक्षित रुपमा तोकिएको स्थानबाट मात्र बाटो काट्न सजिलो होस भनेर यो बोर्ड हस्तान्तरण गरेको बताए।

'उक्त बोर्डहरु काठमाण्डौं उपत्यकाको सम्पूर्ण जेब्राक्रसिङ, आकाशेपुल तथा पैदल यात्रुहरुले बाटो काट्ने स्थानमा बोर्ड देखाएर बाटो काट्न लगाउने र पैदल यात्रुहरुले पनि यसलाई प्रभाबकारी र परिणाममूखी बनाउदै सुरक्षित यात्रामा सहयोग गर्न समेत अनुरोध गरिनेछ,' हस्तान्तरण कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .