ad ad

समाज


स्रोत नखुलेको ८ लाख रुपैयाँसहित भारतीय मोटरसाइकल नियन्त्रणमा

स्रोत नखुलेको ८ लाख रुपैयाँसहित भारतीय मोटरसाइकल नियन्त्रणमा

नेपालखबर
बैशाख ३१, २०८० आइतबार १६:३२, काठमाडौँ

सर्लाही जिल्लाको मलंगवाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित भारतीय नम्बर प्लेटको मोटरसाइकल नियन्त्रणमा लिएको छ।

मलंगवा नगरपालिका–८ स्थित भन्सार ईलाकाबाट सशस्त्रले बिआर ३० एन ३५९० नम्बरको भारतीय मोटरसाइकलमा नियन्त्रणमा लिएको हो।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको एक हजार रुपैयाँको ७०० थान र पाँच सय रुपैयाँको २०० थान नेपाली रुपैयाँसहित मोटरसाइकल सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवा (बीओपी मलंगवा) ले नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएको नेपाली रुपैयाँ र मोटरसाइकल आवश्यक कारबाहीको लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको छ।

यसैगरी सोही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ५ स्थित सखुअवाबाट २० केजी गाँजासहित एउटा भारतीय मोटरसाइकल आज (वैशाख ३१ गते) सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

बिआर ३० डी ५८८५ नम्बरको भारतीय मोटरसाइकलमा नेपालबाट भारततर्फ लैजाँदै गरेको ४ पोका गाँजा सशस्त्र प्रहरी बल नेपाल बीओपी सखुअवाले नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीलाई देख्नासाथै मोटरसाइकल सोही ठाउँमा छाडि व्यक्ति भने फरार भएका थिए।

नियन्त्रणमा लिएको गाँजा र मोटरसाइकल आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .