ad ad

समाज


सुर्तीजन्य पदार्थको कर बढाउँछौं, गरीबको नि:शुल्क उपचार गर्छौं – स्वास्थ्यमन्त्री बस्नेत

सुर्तीजन्य पदार्थको कर बढाउँछौं, गरीबको नि:शुल्क उपचार गर्छौं – स्वास्थ्यमन्त्री बस्नेत

फाइल तस्बिर


नेपालखबर
बैशाख ३१, २०८० आइतबार ११:८, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्योपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन्।

हेलम्बु ३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले ‍अहिले गरीबले अस्पतालमा गएर उपचार गर्नसक्ने अवस्था नभएको बताए। यस्तो अवस्थाको अन्त्य गर्न पहल गर्ने प्रतिवद्धता उनले जनाए।

अहिलेको समयमा पनि थुन्से र डोकोमा हालेर अस्पतालमा लैजान बाध्यात्मक अवस्था भएको उल्लेख गर्दै उनले सुर्तीन्य पदार्थमा कर बढाइ सो करबाट गरीबलाई निःशुल्क उपचार गर्ने व्यवस्था ल्याउन लागिएको उनले बताए।

आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यहरूले निःशुल्क पढ्न पाउनुपर्छ भनेर अभियान चलाइने पनि उनको भनाइ थियो। जसको सुरुवात बाह्रबिसे नगरपालिकाबाट भइसकेको उल्लेख उनले गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .