समाज


संसदमा ज्ञानेन्द्रबहादुर कार्कीको माग– पपुलिष्ट होइन, यथार्थपरक बजेट ल्याइयोस्

संसदमा ज्ञानेन्द्रबहादुर कार्कीको माग– पपुलिष्ट होइन, यथार्थपरक बजेट ल्याइयोस्

नेपालखबर
बैशाख २५, २०८० सोमबार १५:१२, काठमाडौँ

नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले आगामी आर्थिक वर्षको बजेटको मुख्य उद्धेश्य उत्पादन र रोजगारी वृद्धिमा केन्द्रीत हुनुपर्ने बताएका छन्। 

सोमबार प्रतिनिधिसभाको बैठकमा विनियोजि विधेयक २०८० सिद्धान्त र प्राथमिकता छलफलमा बोल्दै सो कुरा बताएका हुन्। उनले सरकारले आन्तरिक उत्पादन र रोजगारीलाई सबल नबनाई दिगो आर्थिक विकासको आधार तयार हुन नसक्ने पनि बताए। 

‘सरकारले आन्तरिक उत्पादन र रोजगारीलाई सबल नबनाई दिगो आर्थिक विकासको आधार तयार हुँदैन। आगामी आर्थिक वर्षको बजेटको मुख्य उद्देश्य उत्पादन र रोजगारी वृद्धिमा केन्द्रीत रहनुपर्छ,’ उनले भने, ‘स्रोतमा आएको संकुचनका कारणले सरकारलाई हौसिएर बजेट बनाउने सुविधा छैन।अहिलेको अवस्थामा पपुलिष्ट होइन। यथार्थपरक बजेट मुलुकलाई आवश्यकता छ।’

स्रोतमा आएको संकुचनका कारणले सरकारलाई हैसिएर बजेट बनाउने सुविधा नभएको भन्दै उनले सरकारलाई सचेत समेत गराएका छन्। 

‘सरकारको तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजित विधेयक २०८० सिद्धान्त र प्राथमिकतामा आर्थिक वृद्धिदर हासिल गर्ने, बेरोजगारलाई स्वरोजगार बनाउने र अर्थतन्त्रलाई सबल बनाउने प्रतिवद्धता जनाउनुभएको छ,’ उनले भनेका छन्, ‘त्यसको स्वागत गर्न चाहन्छु। समर्थन गर्न चाहन्छु। हाम्रो मुलुक विकासको फड्को मार्ने अत्यन्तै सम्भावना भएको मुलुक हो।’

सांसद कार्कीले अर्थतन्त्रमा देखिका समस्या र चुनौति रहेको अवस्थामा लोकप्रिय नभएर यथार्थपरक बजेट मुलुकलाई आवश्यकता रहेको बताए।

उनले अर्थमन्त्री डा।प्रकाशशरण महतले विनियोजित विधेयक २०८० सिद्धान्त र प्राथमिकतामा आर्थिक वृद्धिदर हासिल गर्ने,बेरोजगारलाई स्वरोजगार बनाउने र अर्थतन्त्रलाई सवल बनाउने विषयको समर्थन गरे।

उनले नेपाल विकासको फड्को मार्ने सम्भावना भएको मुलुक भएपनि सरकारले सो अनुसार अगाडि बढाउन नसकेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .