ad ad

समाज


अख्तियारबाट एआईजी श्यामलाल ज्ञवालीले पाए सफाइ

अख्तियारबाट एआईजी श्यामलाल ज्ञवालीले पाए सफाइ

फाइल तस्बिर


नेपालखबर
बैशाख २१, २०८० बिहिबार १९:३७, काठमाडौँ

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले अख्तिायर दुरुपयोग अनुसन्धान आयोगबाट तत्काललाई सफाइ पाएका छन्। 

शैक्षिक प्रमाणपत्र र नागरिताको जन्म मिति सच्याएर सेवा प्रवेश गरेको भन्दै परेको उजुरीमाथि करिब एक महिना लामो छानबिनपछि कुनै कैफियत नदेखिएको ठहर अख्तियारले गरेको हो। 

अख्तियारले अहिलेलाई कुनै कैफियत नदेखिएको निष्कर्षसहित पछि प्रमाण फेला परेमा कानुन बमोजिम हुने गरी उक्त उजुरीलाई तामेलीमा राखेको हो।

गत चैत १० मा वसन्त कुँवर आईजीपी नियुक्त हुँदा ज्ञवाली पनि दौडमा थिए। तर ज्ञवालीले प्रहरी सेवामा प्रवेश गर्दा शैक्षिक प्रमाणपत्र र नागरिताको जन्म मिति सच्याएको आरोपसहित अख्तियारमा उजुरी परेपछि कुँवरलाई सजिलो भएको थियो। 

उक्त उजुरीकै कारण ज्ञवाली आईजीपीको दौडबाट बाहिरिने अवस्था आएको थियो। तर अख्तियारले एक महिनाभन्दा लामो सयम अनुसन्धानपछि ज्ञवालीको नागरिता र शैक्षिक प्रमाणपत्रमा कैफियत नदेखिए भन्दै ज्ञलीविरुद्धको उजुरी तामेलीमा राख्ने निर्णय लिएको हो। 

ज्ञवाली आईजीपीको दौडमा हुँदै गर्दा यो प्रकरणमा गृह मन्त्रालयले पनि छानबिन गरेको थियो। त्यसबेला गृहले पनि ज्ञवालीको शैक्षिक प्रमाणपत्र र नागरितामा कुनै समस्या नरहेको निष्कर्ष निकालेको थियो। 

अघिल्ला आईजीपी धीरजप्रताप सिंहले चैत ११ गते अवकाशमा जाँदै गर्दा सरकारले चैत १० मा कुँवरलाई आईजीपी बनाएको थियो। त्यसबेला कुँवरसँगै आईजीपीको दौडमा ज्ञवाली पनि दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .