ad ad

ग्लोबल


तीन महिला मारेको आरोपमा इजरायलले ३ पुरुषलाई गोली हान्यो

तीन महिला मारेको आरोपमा इजरायलले ३ पुरुषलाई गोली हान्यो

प्रतिकात्मक तस्बिर


नेपालखबर
बैशाख २१, २०८० बिहिबार १९:३८, जेरुसेलम

इजरायलले कब्जा गरेको वेस्ट बैङ्कमा बिहीबार छापा मारेर बेलायती–इजरायली महिला र उनका दुई छोरीलाई गत महिना मारेको आरोपमा तीन प्यालेस्टिनी पुरुषलाई गोली हानेर मारिएको इजरायलले जनाएको छ। 

हत्यामा संलग्न दुई संदिग्ध लडाकु समूह हमासका सदस्य र उनीहरूलाई सहयोग गरेको आरोपमा अर्को व्यक्ति सेना, प्रहरी र सिन बेट सुरक्षा सेवाको संयुक्त अपरेसनमा नाब्लसमा मारिएको बताइएको छ। 

यसले तीनजना मृतकलाई “लेआ, माइया र रिना डिका हत्यारा”का रूपमा पहिचान गरेको छ। 

जसले अप्रिल ७ मा जोर्डन उपत्यकाको नजिकै आफ्नो गाडीमा भएको आक्रमणपछि ज्यान गुमाएका थिए। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .